Tuesday, March 13, 2012

चित्र विचित्र

चित्र
विचित्रको हुन्छ र
कहिले विचित्र
चित्र बन्छ

शैतानको चित्रमा
हाँसो सुनिन्छ
देवताका चित्र
आशा लाग्दा हुन्छन्

चित्रमा गगनको
क्रोदन सुनिन्छ
चित्रमै जल संसारको
कथा देखिन्छ

चित्र
बुद्धको पनि हुन्छ
चित्र
हिटलरको पनि हुन्छ

चित्र
सत्य हुन्छ र कहिले
चित्रमा
झठ्ठो मात्र हुन्छ

चित्रमा
बुद्धको उपदेश देखिन्छ
चित्रैमा
हिटलरको नरसंहार समेटिन्छ


रातो, निलो, हरियो रंग पोत्ने
एकसरो चल्ने बुरुशले
दौडिएर बनेका हुन्छन्
चित्र विचित्रका



चित्र
हाँसेको हुन्छ
चित्र
रोएको हुन्छ

चित्रसँगै
हाँसेको हुन्छ कलाकार
चित्रसँगै
रोएको हुन्छ कलाकार

चित्र
पूर्ण हुन्छ जब
चित्र
कलाकार बनेको हुन्छ

चित्र
यर्थाथ बन्छ
चित्र
काल्पनिक रहन्छ

चित्र
विचित्रको हुन्छ र
कहिले विचित्र नै
चित्र बन्छ





Friday, December 16, 2011

Hope!



A hope lives within me
to solve the unsolved
I live with a hope
to bring the destiny !!!
Deepti Khakurel

प्यारो बाबा

प्यारो बाबा, के बिन्ति गरौं
संसारको कुन फुल टिपौं
या सबैको मुस्कान साँचौं
तिमीलाई, आज के अर्पण गरौं

हुर्काइ बढाई मान्छे बनायौं
औंला समाई हिड्न सिकायौं
तर, बाबा जब केही बने
किन तिमीले पराई बनायौं

मन मेरो दिन रात रुन्छ
बालपनमा झैं बाबालाई खोज्छ
जब बाबा तिम्रो याद आउँछ
आँखा र मन किन रसाउँछ ?


एक मन सोच्छु रीतै हो यस्तो
अनि कोस्छु भगवान् कस्तो ?
जब चित्त बुझाउँछु जसो तसो
बाबा, तिमीलाई पाउँछु वरपर जस्तो

जब केही अफ्ठेरो आउँछ
तिमीले सिकाएको पाठ सम्झिन्छू
अनि समस्या हार्छ, हल निस्कन्छ
बाबा, र पो राम्रो काम बन्छ

मिठो बोल्नु तर कम बोल्नु
मान्छे चिन्नु तर नचिनाउनु
थ्याच बस्ने, प्याच्च बोल्ने नगर्नु
सम्झेको छु बाबा, काँहा बिर्सनु

आज जे छु, तिमै्र हो म
सुखी तिमी, खुसी छु म
पीर नलिनु, सबै राम्रो छ
बाबा, भरोसा तिमीलाई मेरो छ

यही कुरो औंशीमा बिन्ति गरे
गरेका बिराएका माफी मागे
एक पोल्टा खुशी, एक भारी सुख चढाए
र तिम्रो प्यारो न्यानो दर्शन पाए

Monday, December 12, 2011

कमजोरी

जब आजको साझ रामले आफ्नी प्यारी अर्धाङ्गिनी सितालाई आफ्नो कठोर निर्णय सुनाउने निधो गर्यो, उसको मुटुले आफ्नो ठाँउ छाडिसकेको थियो विगत सो¥ बर्षको उनीहरुको दाम्पत्य जिवन अस्ति सम्म सफल नै थियो यी दुई दम्पतिले जिवनको उतार चढाव धेरै नै भोगेका थिए कति दिन यस्तो थियो कि, दिनमा एक छाक मात्र खाएर यि दुई एक अर्का प्रतिको प्रेमले पनि आफ्नो पेट भर्थे

रामको सिता प्रतिको स्नेह आफ्नो पति प्रति सिताको भक्त देखेर सारा लोक समाज पनि अचम्मित हुन्थे सा¥है निस्वार्थ खुशी थियो उनीहरुको सम्बन्ध एक अर्का विना बाच्न के एकै क्षणको लागि पनि स्वास फेर्न पनि गा¥हो थियो उनीहरुलाई उनीहरु साधारण थिए तर पनि उनीहरु अरु दम्पति भन्दा खास थिए तर यो अस्ति सम्म मात्र यस्तो थियो ......... उनीहरुको अस्ति सम्मको सम्बन्ध आजको रामको निर्णय शायद आकाश पाताल जस्तो भएको

राम एक सरल साधारण मान्छे , जसलाई आफ्नो इज्जत परिवारको प्रतिष्ठा प्रति धेरै गर्व अनि सिता, बुद्धिमानी व्यवहारीक नारी, जसले आफ्नो सम्पूर्ण जिवनलाई आफ्नो परिवार प्रति अर्पने निधो गरेकि थिइ
आजमा मात्र सिताले आफु गभिर्णि भएको थाहा पाएकी थिइ विवाहको यत्रो लामो समय पछि आफुले कुलको जन्म दिने खबर पाएपछि सिता आज ज्यादै नै उत्सुख थिइ यो खबर आफ्नो पतिलाई सुनाउन यति धेरै आतुर थिइ कि उसलाई रामको चिन्तित अनुहारको पनि याद भएन

रामले आफ्नो निर्णय सितालाई कसरी भन्ने भनेर धेरै नै घोरिएर सोचि बस्यो सिताले भान्छा तयार गरि रामलाई खान बोलाइ रामलाई दिने उसको शुभ समाचारको परिकल्पना गर्दै सिता फेरी लजाई

विचरा राम आज मरेको लाश सरह भएको थियो, उसलाई आफ्नो निर्णय सुनाउने हिम्मत नै आएन उसको निर्णय........उसको कमजोरी लाचारतामा निर्भर थियो अस्ति जब रामले थाहा पायो कि उसले कहिल्यै सितालाई सन्तान सुख दिन सक्दैन सा¥है दुःखित भयो अनि लज्जित भयो शायद यो बज्रपात उसको जिवनमा कहिले पनि परेको थिएन राम क्षण क्षण आत्मागलानीले गलित भयो उसलाई आफै सँग घृणा हुन थाल्यो उसले आफु पुरुष हुनु, एक पति हुनु वंश अघि बढाउने छोरा हुनु प्रति आफुलाई प्रश्न गर्न थाल्यो रामलाई स्वंयको अस्तित्व माथि ग्लानी भयो रामलाई आफ्नो कमजोरीले यति थकायो कि उसले आफ्नो विश्वास परिवार यति सम्म कि आफ्नो जिवन संगी सितालाई पनि विर्सियो जब जब सितालाई सम्झिन्थ्यो, उसलाई आत्माग्लानीले जगडदै गयो, न्याक्दै गयो आफुलाई सबैको दोषी देख्न थाल्यो आफुलाई यति विवश भेटायो कि आफ्नो दोष अरु सामु राख्न नसक्ने भयो यस्तै द्वन्द्व अन्तरद्वन्द्वको च्यापमा पर्दै रामले यो कठोर लिने निर्णय गर्यो

आज राम चुपचाप विछ्यौना पल्टेको देखेर सितालाई अचम्म लाग्यो सधै दैनिकी आदान प्रदान गर्ने रामलाई अस्ति देखि अलि चिन्तित, थकित देखिएको जस्तो लागेको थियो सितालाई

जिम्मेवारीले थकित पतिलाई आफ्नो शुभ खबर सुनाउन हतारिएकी सिता। पति निदाएको देखेर भोलि पर्खने विचार गर्छे मख्ख पर्दै, भविष्य कल्पिदै लजाउँदै सिता कति खेर निदाउँछे समयले पनि चाल पाउँदैन जब सिता मौन मुस्कान सहित ब्युझिन्छे , बिहान मन्द मन्द सुनौलो बन्दै गरेको हुन्छ

आफु छेउ रामलाई नभेट्दा सिता छट्पटिन्छे बरु राम सुतेको ठाँऊमा एउटा सेतो कागज पट्याएर राखेको भेट्छे जसमा सिता, सबैको दोषी हो तिमीलाई सम्पुर्ण बनाउन सक्दिन, सन्तान दिन सक्दिन माफ गर........राम लेखेको थियो सिताको आँखाबाट बरर् आँसुका भेल ओर्र्लीन्छन् .... सधैका लागि.......



Sunday, September 4, 2011

आमा ! म अब देखि बदमास हुन्न ......


निलो आकाश माथि चिल फन्को मारिरहेको थियो । संयोगले आमालाई सोध्यो, ‘आमा चिलले मलाई लिन आएको हो ? ’ आमाले ७ बर्षे छोराको कुरा सुनेर हाँस्दै भनिन्, ‘चिलले त बदमास फुच्चेलाई पो लान्छ । मेरो छोरा त ज्ञानी छ, हो कि होइन ?’

अलमल्ल परेको संयोगले आमालाई हे¥यो र आमाको हात समाउँदै घर भित्र जाऊ भन्दै तान्यो । मूल ढोका भित्र छिरेपछि आमा भान्छा तिर लागिन् । अनि किन हो, संयोग दगुर्दै उसको सानो बिछ्यौना मुनि गएर लुक्यो । संयोगको मुटु जोडसँगले ढुक ढुक गरिरहेको थियो । उसलाई किन हो एकदमै डर लागिरहेको थियो । अघिको आकाशमा उडिरहेको कालो चिल ऊ लुकेको ठाउँमा आउँदैन होला, उसले तर्कना ग¥यो ।

अस्ति मात्र उसको विद्यालयमा चोर पुलिस खेल्दा, उसको साथी अजयले भनेको थियो कि ‘चिलले त हामी जस्तो सानो बच्चालाई टिपेर लान्छ अनि आँखा झिक्छ रे ।’ अजयले अनि आकाशमा चोरि औंलाले देखाउँदै “ ऊ चिल आयो” भनेपछि संयोग र उसको अरु साथीहरु सबै डराएर भागे अनि कक्षाकोठामा पसेका थिए ।

संयोगको मुटु अझै बेस्कन ढुकढुक गरिरहेको थियो । अनि उसको हातमा त कति धेरै पसिना पनि आइसकेको थियो ।

आमाले उसलाई कति माया गरेर “मेरो सानु, मेरो प्यारो ज्ञानी छोरा” भन्नु हुन्छ है, संयोगले सम्झियो । उसलाई बाबाको भन्दा पनि आमाको कति धेरै माया लाग्छ । तर, आमालाई के थाह, संयोग ज्ञानी छैन भनेर .....अस्ति भर्खर उसले गृहकार्य छैन भनेर आमा सँग झुठो बोलेको थियो, अनि विद्यालयमा शिक्षिकाले उसलाई कक्षामा उठ्बस गर्न लाउनु भएको थियो । यो कुरा त आज सम्म आमालाई पनि थाह छैन । अनि हिजो मात्र ऊ आमा घरमा नभएको बेला, बाहिर सडकमा एक्लै खेल्न नजाने आदेशलाई मानेको थिएन । अनि अझ, ऊ खाना नखाने, ननुहाउने विद्यालय नजाने भन्दै रुने अनि ओछैयानमा सु सु गर्ने गर्दा आमाले उसलाई “बदमाश” भनेको पनि सम्झियो ।

अब भने संयोगलाई झन् डर लाग्यो कि यदि ऊ लुकेको ठाँउबाट बाहिर निस्कियो भने त, उसलाई त्यो बाहिरको चिल लाग्छ होला भनेर । त्यो चिलले बदमाश संयोगलाई त मुसालाई झुण्डाएको जस्तै गरेर पर लान्छ होला......अनि......पर लगेर अरु धेरै चिल भएको ठाँउमा झरिदिन्छ होला..... अनि......सबै चिलहरु मिलेर उसको आँखा झिक्न आँउदैछन् होला..... अनि अब उसले कहिल्यै पनि केहि देख्न सक्दैन....... आफ्नो आमालाई पनि....

‘आमा ! आमा......मेरो आँखा नझिक आमा... ऐ..या.....या...... ’ भनेर छोरा रोएको आवाज सुनेर संयोगको आमा छोरा खोज्दै आउँछिन् । अनि छोरालाई कोठामा नभेटेपछि कहाँबाट आवाज आउँदै छ भनेर हेर्दा त बिछ्यौना मुनि निदाएर रुँदै गरेको छोरालाई देखिन् ।

‘बाबु उठ ! मेरो ज्ञानी छोरा, सानु सपनामा के आयो ? उठ ।‘ भन्दै आमाले संयोगलाई उठाउँछिन् । संयोग रुँदै उठ्छ र आमालाई अंगाल्छ ।
‘ आमा चिल खै ?’ संयोगले आमालाई सोध्छ ।

‘ चिल त गयो, ऊ पर बदमाश फुच्चेलाई लिन... मेरो छोरा त ज्ञानी, असल छ, नडराऊ ’, भन्दै आमाले छोराको आँसु पुछिदिन्छिन् ।

अनि ढुक्कको लामो श्वास फेर्दै संयोगले भन्छ, ‘ आमा अब देखि म कहिल्यै पनि बदमाश हुन्न हस्......म ज्ञानी हुन्छु ल, अनि त चिलले मलाई कहिले पनि लान आउँदैन हई, अनि मेरो आँखा पनि झिक्दैन हई ?’

छोराको कुरा सुनेर आमा छक्क पर्छिन र छोरालाई गालामा माया गर्दै माम खान हिड्न भन्छिन् । अनि संयोग ‘हस् आमा, म ज्ञानी छु, सबै माम खान्छु ’ भन्दै आमाको धोतीको सप्को समात्दंै पछि पछि भान्सा तिर जान्छ ।

—समाप्त—


Friday, September 3, 2010

तर अझै लाग्छ............तिमीले मलाई झुक्काइरहेको छौ ।

आत्तिएको मेरो मनलाई
शान्त तिम्रो अनुहारले हेर्दै थियो
जोड जोडले चलेको मेरो धुकधुकीलाई
स्थिर तिम्रो मुटुले सुनिरहेको थियो

तिम्रो हात अनि निधार
तिम्रा चंचल तर बन्द आँखा हेर्दा
तिमीले मलाई छक्काएको झैं लाग्यो
निदाए झैं गरी खेल्ने तिम्रो बानी झैं

मुसुक्क हाँसिदिने तिम्रा ओंठ
निला हुँदै देखेर आवा्क भएको
मेरो चेतनालाइ, तिम्रो नाक मुनि
हात राखी श्वास छुन बाध्य बनाएको थियो

“कसरी हुन सक्छ यो ?”
म कसलाई सोधु–सक्दिन सोध्न
त्यो भगवानलाई, जसलाई मैले
अघि मात्र हजारौं चोटि पुकारेको थिए


अस्ति मात्र राखी बाँधेको नाडी
लामो आयु भएको हत्केला
के हेरु, के बुझु र के भनी सम्झाउ
तिम्रा नचलेका परेला हेरेर

निशब्द भएका मेरा लवजहरुलाई
तिमीले हजार प्रश्न गर्दै थियौ
लाखौं थोपा खसेका मेरा आँशुहरुलाई
तिमीले सजिलै बेवास्ता गर्दै थियौ

तर अझै लाग्छ............तिमीले मलाई झुक्काइरहेको छौ ।

(प्यारो भाई कालुको सम्झनामा), ०३ सेप्टेम्बर २०१०

आई हाल्छौं कि तिमि आज

आई हाल्छौं कि तिमि आज
भन्दै उघारै राखे
रातभर मेरा आँखा अनि
घरको ढोका फेरी यो साँझ

मनमा गुनें तिमिलाई
कमजोर बनेको मुटुको सुस्केरा सँगै
भित्तामा हेरे तिमिलाई
रित्तिएको आँखाको कुनाबाट

काँहा छौं ? किन छौं ? वा
छौं कि छैनौं ?
यी प्रश्नहरुको चोटले घायल भएको
मेरो शरीर, मस्तिष्क र आत्मा

हरेक दिन तिम्रो खोजमा
तल्लिन छ, बेफूर्सदिलो छ मेरो मन
अनि हरेक रात, तिम्रो चिन्तामा
ग्रसित छ, भावुक छ मेरो मन

बेवकूफ छु अझै पनि
मसिनो आशा तन्काएर अडिएको छु
दृढ छु अझै पनि
लुकाइएका पानाहरु पछ्रयाउँदै छु

आई हाल्छौं कि तिमि आज
भन्दै उघारै राखे
रातभर मेरा आँखा अनि
घरको ढोका फेरी यो साँझ

२७ अगस्ट २०१०